रोजगारीका लागि कृषि प्राविधिक

काठमाडौं— नेपाललाई कृषिप्रधान देश भनिए पनि अधिकांश किसानको जीवन दुःखदायी अवस्थाबाट गुजि्ररहेको छ । 'यसो हुनुका कारण कृषिमा आधुनिकीकरण  एवं प्राविधिक जनशक्तिको अभाव पनि हो,' शिक्षा तथा व्यावसायिक तालिम परिषद् -सिटिइभिटी) का उपनिर्देशक बद्रीप्रसाद तिवारी भन्छन् । त्यसो त जहाँ अभाव  हुन्छ त्यहाँ अवसर पनि हुन्छ । कृषि क्षेत्रको यस्तै अभाव टार्न युवावर्गले यसभित्र अवसर सिर्जना गर्न सक्छन् । कृषि प्राविधिकका रूपमा काम गरेर मनग्य  आम्दानी गर्न सक्छन् । कृषि प्रविधिको क्षेत्रमा आफ्नो करियर बनाउने युवाहरूले स्वदेशमै रोजगार पाउन सक्छन्, विदेशी मुलुकमा पसिना बगाइरहनुपर्दैन ।

कसरी बन्ने कृषि प्राविधिक ?

सिटिइभिटीले कृषिक्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ । सिटिइभिटीअन्तर्गतका कुनै पनि शिक्षालयबाट कृषिसम्बन्धी प्राविधिक शिक्षा  हासिल गर्न सकिन्छ । एसएलसी उत्तीर्ण एवं अनुत्तीर्ण दुवैले तहअनुसार यो विषयमा अध्ययन गर्न पाउँछन् । सिटिइभिटीले प्राविधिक एसएलसी -टी-एसएलसी) दे खि डिप्लोमा तहसम्मको जनशक्ति उत्पादन गर्छ । टी-एसएलसीलाई एसएलसीसरह तथा डिप्लोमालाई प्रवीणता प्रमाणपत्रतहको मान्यता दिइएको छ ।

पशुपालन कि प्लान्ट साइन्स

कृषि प्राविधिक बन्न पशुपालन वा प्लान्ट साइन्समध्ये एउटा क्षेत्र रोज्न सकिन्छ । गाई-भैंसी, सुँगुर, कुखुराजस्ता घरपालुवा जनावरसम्बन्धी हासिल गरिने प्राविधिक  ज्ञानलाई पशुपालन तथा बोटबिरुवा, फलफूल, तरकारी, फूल, नर्सरीजस्ता विषयमा हासिल गरिने प्राविधिक ज्ञानलाई प्लान्ट साइन्सअन्तर्गत समेटिएको छ ।  यसबाहेक टेक्सटाइल एन्ड सेरिकल्चर र डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी पनि अध्ययन गर्न सकिन्छ ।

पशुपालनसम्बन्धी घाँस तथा पोषण, दूध उत्पादन, पशु स्वास्थ्य, पशु उपचार, पशु व्यवस्थापनजस्ता विषयको सैद्धान्तिक एवं व्यावहारिक ज्ञान प्रदान गरिन्छ ।  त्यस्तै प्लान्ट साइन्सअन्तर्गत तरकारी खेती, नर्सरी, फलफूल उत्पादन, सुरक्षित भण्डारण, बाली रोग र उपचार, कीटनाशक औषधी एवं मलखाद आदि विषय समे टिएको छ । दुवै क्षेत्रमा रोजगारीको प्रशस्त सम्भावना छ ।

तालिम अवधि र अन द जब ट्रेनिङ

यो पूर्णतः प्रयोगात्मक शिक्षा हो । सामान्य सैद्धान्तिक ज्ञान हासिल गरिसकेपछि कार्यक्षेत्रमा गएर प्रयोगात्मक विधिद्वारा शिक्षा लिनुपर्छ । टी-एलएलसी गर्ने क्रममा  विद्यार्थीहरूले पाँच महिने र तीन महिने अन द जब ट्रेनिङको अवसर पाउँछन् जहाँ उनीहरूले व्यावहारिक शिक्षा प्राप्त गर्छन् । अन द जब ट्रेनिङबाट विद्यार्थीले  प्रत्यक्ष अनुभव, अवलोकन र प्रयोगबाट व्यावहारिक शिक्षा मात्र हासिल गर्दैनन्, कमाइ गर्ने अवसरसमेत प्राप्त गर्छन् । अन द जब ट्रेनिङको अवधिमा विद्यार्थीले  आफ्नो श्रमअनुसारको मूल्य पाउँछन् ।

टी-एसएलसी सिटिइभिटीबाट आंगिक र सम्बन्धन लिएका शिक्षालयहरूले सञ्चालन गरेका छन् । आंगिकमा १९ महिने र सम्बन्धनप्राप्त शिक्षालयले १५ महिने  कोर्स सञ्चालन गर्दै आएका छन् । १९ महिनेमा एसएलसी अनुत्तीर्ण पनि सहभागी हुन पाउँछन् भने १५ महिनेमा एलएलसी उत्तीर्ण हुनैपर्छ । डिप्लोमा तहका  लागि भने तीनवर्ष अध्ययन गर्नुपर्छ ।

कहाँ-कहाँ पढाइन्छ ?

कृषि प्राविधिकका लागि धनकुटा, मोरङ, सिरहा, दोलखा, मुस्ताङ, दाङ, जुम्ला, डोटी आदि जिल्लामा शिक्षालय सञ्चालनमा छन् । धनकुटाको उत्तरपानी प्राविधिक  शिक्षालयमा टी-एसएलसी १५ महिने र १९ महिनेदेखि डिप्लोमा तहसम्म तालिम दिइन्छ । यहाँ टी-एसएलसी १६ महिनेका लािग जुनियर टेक्निसियन अफ  एगि्रकल्चर -जेटिए), भेटनरी जुनियर टेक्निसियन अफ एगि्रकल्चर -भिजेटिए) को तालिम लिन सकिन्छ । दुवैमा भर्ना संख्या ३०-३० जना छ । १९ महिने कोसर् अन्तर्गत कृषि विषयमा ५० जनाको कोटा छ । यसैगरी डिप्लोमा तहका लागि पशुपालन छ, जसको भर्ना संख्या ३० छ । व्यावसायिक तालिम केन्द्र मोरङबाट टी -एसएलसीको १५ महिने र १९ महिने तालिम लिन सकिन्छ । दुवैमा भर्ना संख्या ३०-३० जना छ । १९ महिनेअन्तर्गत कृषि विषयमा ५० जनाको कोटा छ । यसै गरी डिप्लोमा तहका लागि पशुपालन विषयमा भर्नासंख्या ३० छ ।

व्यावसायिक तालिम केन्द्र, मोरङबाट टी-एलएलसी १५ महिने र १९ महिने अवधिको तालिम लिन सकिन्छ । यहाँ १५ महिने भी-जेटिए तालिम लिन सकिन्छ ।  यसमा भर्ना संख्या २५ जना छ । यसका साथै २९ महिनेमा जेटिए र भी-जेटिए तालिम लिन सकिन्छ । जेटिएका लागि ३५ र भी-जेटिएका लागि ४० जनाले भर्ना  पाउँछन् । लाहान प्राविधिक शिक्षालय, सिरहामा ३९ महिने टी-एसएलसीअन्तर्गत कृषि तालिम दिइन्छ । यसको भर्ना संख्या ४८ जना छ । दोलखास्थित जिरी  प्राविधिक शिक्षालयमा ३९ महिने तालिम लिएर कृषि एवं पशुपालन प्रविधिमा दक्षता हासिल गर्न सकिन्छ । यहाँ कृषि एवं पशुपालनमा ४०-४० जनाले भर्ना पाउ ँछन् ।

धवलागिरि प्राविधिक शिक्षालय मुस्ताङमा टी-एसएलसीअन्तर्गत १५ महिने तालिम सञ्चालित छ । ३० जना भर्नासंख्या रहेको यहाँ भी-जेटिएको तालिम दिइन्छ ।  दाङको राप्ती प्राविधिक शिक्षालयले डिप्लोमामा र टी-एसएलसीमा १५ महिने कृषि तालिम प्रदान गर्छ । यहाँ डिप्लोमामा ४० र १९ महिने टी-एसएलसी ४४  जनाले भर्ना पाउँछन् । कणर्ाली प्राविधिक शिक्षालय जुम्लाबाट टी-एसएलसीको १९ महिने तालिममा कृषि विषय अध्ययन गर्न सकिन्छ । यसको भर्ना संख्या ३०  छ । डोटीस्थित सेती प्राविधिक शिक्षालयबाट टी-एसएलसीको १९ महिने र १५ महिने जेटिए तालिम लिन सकिन्छ । १९ महिनेमा ४० र १५ महिनेमा ३० जनाले  भर्ना पाउँछन् । सिटिइभिटीको सम्बन्धन लिएर मुलकुभरका १८ वटा शिक्षालयले टी-एसएलसी -१५ महिने) र डिप्लोमा कक्षा सञ्चालन गर्दैर् आएको छ ।

सुनसरीस्थित नेसनल एकेडेमी अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजीमा डिप्लोमा तहमा फुड एन्ड डेरी तालिम दिइन्छ । यसमा ४८ जनाले भर्ना पाउँछन् । ने पाल पोलिटेक्निक इन्टिस्च्युट, भरतपुरमा डिप्लोमा तहमा कृषि विषय अध्ययन गर्न सकिन्छ । यसका लागि ४० जनाले भर्ना पाउँछन् । चितवनमा इन्स्िटच्युट अफ  टेक्निकल साइन्समा भी-जेटिए तालिम दिइन्छ, जसमा ४० जनाले भर्ना पाउँछन् ।

कान्तिपुर कलेज अफ मेडिकल साइन्स भरतपुरमा टी-एसएलसी अन्तगृत भी-जेटिए र पी-जेटिएको तालिम दिइन्छ । यसमा भर्ना संख्या ४०-४० जना छ ।  प्राविधिक तथा व्यावसायिक स्कुल जनागल वनेपामा टी-एसएलसी अन्तर्गत भी-जेटिए पढाइन्छ । यसमा ४० जनाले भर्ना पाउँछन् ।

टेक्निकल ट्रेनिङ एन्ड रिसर्च इन्स्िटच्युट ललितपुरमा भी-जेटिएको तालिम लिन सकिन्छ । टी-एसएलसीअन्तर्गतको यो तालिममा भर्ना संख्या ४० छ । नेपाल सिजर् नात्मक कला गुठी जावलाखेलमा टी-एसएलसीअन्तर्गत टेक्स्टायल एन्ड सेरिकल्चर र जेटिए तालिम दिइन्छ । दुवैमा ४०-४० जनाले भर्ना पाउँछन् । सामुदायिक  स्वास्थ्य तथा वातावरण विकास केन्द्र गोंगबुमा टी-एसलसीअन्तर्गत भी-जेटिए तालिम लिन सकिन्छ । यसमा ४० जनाले भर्ना पाउँछन् । तानसेनस्थित सिद्धार्थ  मल्टी टेक्निकल इन्स्िटच्युटमा टी-एसएलसीअन्तर्गत भी-जेटिए तालिम लिन सकिन्छ । अर्घाखाँचीको अर्घाखाँची टेक्निकल ट्रेनिङ स्कुलमा टी-एसएलसीअन्तर्गत भी -जेटिए तालिम दिइन्छ । दुवैमा भर्ना संख्या ४०-४० छन् ।

जनता मा.वि. रूपन्देहीमा टी-एसएलसीअन्तर्गत भी-जेटिए र पी-जेटिए पढाइन्छ । दुवैमा ४०-४० जनाले भर्ना पाउँछन् । सल्यानस्थित आरती टेक्निकल  इन्स्िटच्युटमा टी-एसएलसीअन्तर्गत भी-जेटिए विषय अध्यापन हुन्छ । सुर्खेतको सुर्खेत प्राविधिक शिक्षालयमा टी-एसएलसीमै भी-जेटिए तालिम दिइन्छ भने राष्ट्रिय  प्राविधिक शिक्षालयमा पनि सोही सरहको तालिम दिइन्छ । सबैमा ४०-४० जनाले भर्ना पाउँछन् ।

यसैगरी बाँकेको कोहलपुर व्यावहारिक विज्ञान प्रशिक्षण प्रतिष्ठान, कैलालीको सामुदायिक स्वास्थ्य इन्स्िटच्युट सहकारी संस्था, कान्तिपुर कलेज अफ मेडिकल  साइन्स तथा कम्युनिटी सर्भिस संस्थानले टी-एसएलसीअन्तर्गत भी-जेटिए तालिम दिँदै आएका छन् । सबैमा ४०-४० जनाले भर्ना पाउँछन् ।

कहाँ खोज्ने रोजगारी ?

कृषि प्राविधिकका रूपमा दक्षता हासिल गरिसकेपछि काम खोज्न भौंतारिनुपर्दैन । सरकारी तथा गैरसरकारी क्षेत्रमा यस्ता जनशक्ति खपत हुन सक्छन् । उपनिर्देशक  तिवारी भन्छन्- 'ग्रामीण क्षेत्रका विभिन्न सेवाकेन्द्रमा उनीहरूले रोजगारी पाउन सक्छन् । त्यसो त आफूमा प्राविधिक ज्ञान भएपछि स्वरोजगारको अवसर पनि  सिर्जना गर्न सकिन्छ । विगत केही वर्षअघि जिरी प्राविधिक शिक्षालय तथा सेती प्राविधिक शिक्षालयले उत्पादन गरेका कृषि प्राविधिकको रोजगारीका सम्बन्धमा  अध्ययन गरिएको थियो । अध्ययनले ७० प्रतिशतले रोजगारीको बाटो अपनाएको पाइयो । त्यसो त कृषि प्राविधिकले इजरायलमा पनि रोजगारीको अवसर पाउ ँछन् ।