पुरुषभन्दा महिला रोमान्टिक

तपाईलाई थाहा छ, पुरुष महिला, तुलनात्मक रुपमा को रोमान्टिक होलान ? धनी पुरुष या धनी महिला या गरिब ? सुन्नमा आएको छ कि पुरुषको तुलनामा महिलाहरु बढी रोमान्टिक हुन्छन् चाहे तिनीहरु गरिबै किन नहोस । विशेष गरेर प्रेम दिवसका दिन महिलाहरु बढी रोमान्टिक हुन्छन् । २१०० बयस्क मानिसहरुमा गरिएको एक अध्ययन अनुसार चार व्यक्तिमा तीन महिला प्रेम दिवस मनाउन रमाउने जबकि एउटा पुरुषमा मात्र प्रेम दिबस मनाउने इच्छा भएको पाइयो ।
डेलि टेलिग्राफका अनुसार सहभागि महिलाहरुमा धेरैलाइ कविता, प्रेम पत्र, उपहारहरु आदान प्रदान गर्न मन लागेको पाइयो । प्रेम दिवसका दिन रोमान्टिक गर्न मन पराएको देखियो जबकि २१०० मानिसहरुमा जम्मा छ प्रतिशत पुरुषमा मात्र यस्तो कार्य गर्न मन परएको पाइयो । त्यसैले यो अध्ययनबाट के प्रमाणित हुन्छ कि पुरुषको दाँजोमा महिलाहरु धेरै रोमान्टीक हुन्छन् ।